बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

पोखराकाे सडक अब ब्रुमरले सफा गर्ने

पोखराकाे सडक अब ब्रुमरले सफा गर्ने


  • ढोरपाटन संवाददाता
  • असोज २७ २०८१, आइतबार

पोखरा/ पोखरा महानगरपालिकाले नगर क्षेत्रको सडक सफा गर्नका लागि स्वीपर मेशिन (ब्रुमर) भित्राएको छ । उक्त मेसिनको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र उपप्रमुख मन्जुदेवी गुरुङले हालै सञ्चालन शुभारम्भ गरे ।

महानगरका मुख्य सडकहरूमा सवारीको चाप बढेसँग सडक छेउमा धुलो जम्मा हुने र वातावरण नै प्रदूषण हुने अवस्था आएपछि त्यसको सफाइका लागि मेसिन ल्याइएको नगर प्रमुख आचार्यले बताए । ३३ लाख ९९ हजार रुपैयाँमा खरिद गरिएको उक्त मेसिन ४९ हर्ष पावर क्षमताको छ । मेसिनले साना गल्लीहरूमा समेत प्रवेश गर्नेछ । यसले सडकको फोहोरलाई आफ्नो कन्टेनरमा जम्मा गरी हाइड्रोलिकको सहायताले अर्को साधनमा खन्याउनेछ । ब्रुमरले नगर क्षेत्रका मुख्य, सहायक र भित्री गल्लीहरू सफा गर्नेछ ।

मेसिन केबल स्वीपरको रूपमा मात्र प्रयोग नभई लोडरको रूपमा समेत प्रयोग गर्न सकिने छ । यसले महानगरपालिकाको सफाइ अभियानलाई थप प्रभावकारी तथा दिगो बनाउन मद्दत गर्ने विश्वास गरिएको छ । हाल महानगरपालिकाले सडक सफाइका लागि ठुलो सङ्ख्यामा सफाइकर्मीहरू समेत परिचालन गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->