पोखरा/ पूर्वमन्त्री कुमार खड्कालाई पोखरामा नागरीक अभिनन्दन गरिने भएको छ । पोखरा– १६ निवासी खड्काले केन्द्र र प्रदेश सरकारको मन्त्री भएका बेला वडाको विकास निर्माणमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको र यस क्षेत्रको विकासमा पार्टी भन्दा माथि उठेर जनताका प्रत्यक्ष सरोकारका विषयमा ध्यान दिएको भन्दै तुम्केस्थित नमुना क्लवले सोमबार विहान नागरिक अभिनन्दन गर्न लागेको हो ।
के.आई. सिंह पुलबाट गाडी, मोटरसाइकल र्याली सहित नागरिक अभिनन्दन गरिने र महेन्द्र गुफावाट पैदल यात्रापछि तुम्के खेल मैदानमा पुगी विशेष कार्यक्रम गरिने क्लबले जनाएको छ । खड्काले मन्त्री भएका बेला पोखरा १६, १९ र २० वडामा वजेट विनियोजन गरि,सडक निर्माण, खानेपानी तथा सामुदायिक भवन निर्माणलगायत क्षेत्रहरुमा ठुलो योगदान पुराएका थिए । मन्त्री खड्काको अभिनन्दनले असल व्यक्तिको उच्च सम्मान भएको स्थानीयबासीले प्रतिक्रिया दिएका छन्।





