बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

गण्डकी, कोशी र कर्णाली प्रदेशका केही ठाउँमा वर्षाको सम्भावना

गण्डकी, कोशी र कर्णाली प्रदेशका केही ठाउँमा वर्षाको सम्भावना


  • ढोरपाटन संवाददाता
  • असोज ३० २०८१, बुधबार

पोखरा / हाल देशभर पश्चिमी वायुको आंशिक तथा गण्डकी, कोशी र बागमती प्रदेशका पहाडी भू-भागमा स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहने छ । साथै गण्डकी प्रदेश, कोशी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

त्यसैगरी, आज राति देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ । गण्डकी प्रदेश, कोशी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

आगामी २४ घण्टामा सबै प्रदेशका पहाडी भागका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->