बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

सवारी दुर्घटनामा ३ जना घाईते

सवारी दुर्घटनामा ३ जना घाईते


  • ढोरपाटन संवाददाता
  • कार्तिक १ २०८१, बिहिबार

पोखरा/  यात्रु चढाउन रोकेको बसलाई टिप्परले ठक्कर दिदाँ ३ जना घाइते भएका छन । आज बिहान सवा ८ बजेको समयमा पोखरा महानगरपालिका वडा नं. २५ बडहरेमा पोखराबाट म्याग्दीतर्फ जादै गरेको ग १ ख ७००२ नं. को बसलाई सोही दिशा तर्फबाट आइरहेको ग १ ख ९१४२ नं. को टिप्परले ठक्कर दिएको प्रहरीले जनाएको छ ।

घाइतेमा बसमा चढदै गरेका म्याग्दीका धौलागिरी गाउँपालिका ५ का ८४ वर्षीय हर्कलाल छन्त्याल, टिप्पर चालक सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका– ३ घर भएका ३१ वर्षीय मनोज कटुवाल र टिप्परमा सवार नुकोटका २८ वर्षीइ बुद्ध घले रहेका छन् । छन्त्यालको फिस्टेल अस्पताल र अन्य दुईको मनिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले बस र टिप्परका चालकलाई नियन्णमा लिई अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->