बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

जुवातास खेलिरहेका ६ जना पक्राउ

जुवातास खेलिरहेका ६ जना पक्राउ


  • ढोरपाटन संवाददाता
  • कार्तिक १ २०८१, बिहिबार

पोखरा/ जुवातास खेलिरहेका ६ जनालाई नगद रकमसहित प्रहरीले पक्राउ गरेको छ । पोखरा–१७ ड्यामसाइडस्थित होटल स्यान्डी ब्लुममा जुवातास खेलिरहेका उनीहरुलाई नगद एकलाख ८८ हजार ४ सय २६ रुपैयाँसहित पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ ।

कास्की प्रहरीका सूचना अधिकारी डिएसपी बसन्तकुमार शर्माका अनुसार यही असोज २८ मा उनीहरुलाई वडा प्रहरी कार्यालय बैदामबाट खटिएको टोलीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा स्याङजाको गल्याङ नगरपालिका–४ स्थायी घर भइ उक्त होटलको रेखदेख गर्ने ३८ वर्षका नविन थापा, स्याङजाको पुतलीबजार–७ घर भई पोखरा– १० बस्ने ४० वर्षका भेषबहादुर गुरुङ, पोखरा–१२ का ४३ वर्षीय शंकर थापा, पोखरा–१७ की ५३ वर्षीया शाबित्री गुरुङ पुन, कास्कीको माछापुच्छ्रे गाउँपालिका–२ घर भई पोखरा–७ बस्ने ३९ वर्षीया दुर्गा गुरुङ र पोखरा–१७ की ४९ वर्षीया आइती गुरुङ रहेका छन ।

उनीहरुलाई कास्की जिल्ला प्रशासन कार्यालयत्रचट जुवा सम्बन्धी मुद्दामा ७ दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको प्रहरीको भनाई छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->