बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

हिमालय क्लवले विभिन्न कार्यक्रम गरी स्थापना दिवस मनाउने

हिमालय क्लवले विभिन्न कार्यक्रम गरी स्थापना दिवस मनाउने


  • ढोरपाटन संवाददाता
  • कार्तिक १ २०८१, बिहिबार

पोखरा/ पोखराको सामाजिक संस्था हिमालय क्लव, वाटुलेचौरले विभिन्न कार्यक्रम गरी २८ औं स्थापना दिवस मनाउने भएको छ । क्लवले यही कात्तिक २२ गते स्थापना दिवस मनाउने गरी तयारी शुरु गरेको जनाएको छ । दिवसका अवसरमा २७ औं रक्तदान तथा चियापान कार्यक्रम गर्ने र सोही दिन क्लवद्वारा संचालित स्व.नरहरि देवकोटा स्मृति समाजसेवा पुरस्कार वितरण, सावित्री लिलाधर उत्कृष्ट कृषक पुरस्कार तथा विपन्न एकल महिला सहयोग वितरण सहित विभिन्न साँस्कृतिक कार्यक्रम गरिने क्लवका अध्यक्ष मोहनवहादुर थापाले जानकारी दिए ।

कार्यक्रम सम्पन्न गर्न द्वितीय उपाध्यक्ष प्रकाश थापाको संयोजकत्वमा मुल समारोह समिति गठन गरिएको छ । क्लवले समाजसेवा पुरस्कारका लागी पूर्वअध्यक्ष जीवनारायण श्रेष्ठको संयोजकत्वमा निवर्तमान अध्यक्ष सुशील वस्नेत, पूर्वअध्यक्ष ताराप्रसाद तिमिल्सीना, सल्लाहकार खिमलाल अधिकारी र संस्थापक मध्यवाट यादवचन्द्र देवकोटा सदस्य रहने गरी छनौट समिति, कृष्णप्रसाद अधिकारी र प्रभा कोइरालाले स्थापना गर्नुभएको कृषक पुरस्कारका लागी, प्रथम उपाध्यक्ष पुष्पराज अधिकारीको संयोजकत्वमा सहसचिव मनु वस्नेत र लक्ष्मी श्रेष्ठ सदस्य रहेको छनौट समिति गठन गरिएको अध्यक्ष थापाले वताए । समाजसेवा पुरस्कारको राशी नगद १५ हजार, सल र सम्मानपत्र रहेको छ । सो पुरस्कार यसअघि उद्योगपति गणेशवहादुर श्रेष्ठ, तेजवहादुर गुरुङ, लायन स्व. गोविन्दवहादुर केसी, अग्रज भलिवल खेलाडी स्व. उदयवहादुर वस्नेत, सिद्घार्थ क्लव र नव आदर्श सामुदायिक विकास संस्थालाई प्रदान गरिएको थियो ।

२०५४ साल कात्तिक १२ गते स्थापना भएको क्लवले यही कार्तिक १२ गते क्लव प्राङ्गणमा साँझ दिप प्रज्वलन गर्ने सचिव तुलवहादुर वस्नेतले जनाए । क्लवको वैठकले ९ सदस्यीय सल्लाहकार समिति समेत गठन गरेको छ । जसमा राजेन्द्रवहादुर देवकोटा, खिमलाल अधिकारी, कुमार श्रेष्ठ, चित्रवहादुर थापा, गुरुदत्त भट्टराइ, दुर्गा केसी थापा, राजकुमारी वानियाँ, कानुनी सल्लाहकार अधिवक्ता शालिग्राम भट्टराइ र पदेन सल्लाहकारमा वडाध्यक्ष अमृत शर्मा तिमिल्सीना रहेका छन् । हालै निवार्चित क्लवको समितिले विभिन्न क्षेत्रलाई समेट्ने गरी वार्षिक कार्ययोजना तय समेत गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->