बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

गण्डकी, कोसी र बागमतीमा वर्षाको सम्भावना

गण्डकी, कोसी र बागमतीमा वर्षाको सम्भावना

पश्चिमी र स्थानीय वायुको प्रभावले देशैभरको मौसम बदली


  • ढोरपाटन संवाददाता
  • कार्तिक २ २०८१, शुक्रबार

पोखरा / हाल देशभर पश्चिमी वायुको प्रभाव छ। गण्डकी, कोसी र बागमती प्रदेशका पहाडी भूभागमा स्थानीय वायुको पनि प्रभाव रहेको छ।शुक्रबार बिहान गण्डकी, कोसी, मधेस, बागमती र लुम्बिनी प्रदेशका केही भूभागको मौसम आंशिकदेखि साधारणतया बदली छ। बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिउँसो पनि देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहने अनुमान छ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। गण्डकी, कोसी र बागमती प्रदेशका पहाडी भूभागका थोरै स्थान तथा बाँकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा दिउँसो मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

आज राति पनि गण्डकी, कोसी र बागमती र प्रदेशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहने छ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->