बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

के रवि लामीछाने पक्राउ पर्दैछन ?

के रवि लामीछाने पक्राउ पर्दैछन ?


  • ढोरपाटन संवाददाता
  • कार्तिक २ २०८१, शुक्रबार

पोखरा/ सहकारी ठगीको आरोप लागेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ पर्ने संभावना बढेको छ । पोखराको सूर्यदर्शन लगायत आधा दर्जन सहकारी ठगीका मुख्य नाइके जीबी राईका व्यवसायिक साझेदारको रुपमा आरोपित लामिछानेलाई पक्राउ गर्न प्रहरीले अदालतबाट पुर्जी जारी गर्ने तयारी गरेको श्रोतले बताएको छ ।

पुर्जी जारी गर्नका लागि बुधवार प्रहरी दिवसको कार्यक्रमलगत्तै कास्कीमा सुरक्षा निकायका प्रमुखहरुको बैठकसमेत बसेको थियो । सुरक्षा निकायका प्रमुखलाई प्रधानमन्त्री केपी शर्मा ओली आफैले पनि फोन गरेर के कसरी अघि जान सकिन्छ भन्ने विषयमा जानकारीसमेत लिएका स्रोतहरुले जनाएका छन । विहीबार गण्डकी प्रदेशमा बिदाको दिन भएकाले आज लामिछानेबिरुद्ध पक्राउ पुर्जी जारी हुनसक्ने संभावना रहेको हो ।

लामिछानेबिरुद्ध कास्की प्रहरीमा उजुरी परेको छ । लामिछानेसँगै राईका व्यवसायिक साँझेदार रहेका नेपाल प्रहरीका पूर्वडिआइजी छविलाल बन्जाडे दशै अघि नै पक्राउ परेका थिए । उनको विषयमा अनुसन्धान भइरहेको छ । लामिछानेलाई पनि जोशीसंगै पक्राउ गर्ने सरकारको योजना रहे पनि रास्वपाका कार्यकर्ताले चर्को विरोध गरेपछि प्रहरी पछि हटेको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विहीबार राखेको तीन ठूला दलको बैठकमा रवि लामिछाने पक्राउ पर्न सक्ने संकेत गरेको अभिव्यक्ती नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आजको प्रतिपक्षी दलहरुको बैठकमा दिएकाले लामिछाने पक्राउ पर्ने संभावनालाई पुष्टी गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->