बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

छविलाल जोशीलाई कास्की अदालतमा उपस्थित गराइयो

छविलाल जोशीलाई कास्की अदालतमा उपस्थित गराइयो


  • ढोरपाटन संवाददाता
  • कार्तिक २ २०८१, शुक्रबार

पोखरा/ सहकारीको रकम अपचलन मुद्धामा पक्राउ परेका नेपाल प्रहरीका पूर्वडिआइजी छविलाल जोशीलाई आज कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ । अदालतले दिएको म्याद सकिएपछि कास्की प्रहरीले जोशीलाई अदालतमा उपस्थित गराएको हो । जोशी गत असोज ६ गते काठमाडौंमा पक्राउ परेका थिए । उनलाई सुरूमा ५ दिन र पछिल्लो पटक ७ ७ दिन म्याद थप भएको थियो ।

सूर्य थापा नेतृत्वको संसदीय छानबिन विशेष समितिले गरेको सिफारिसका आधारमा सरकारको निर्देशनपछि जोशीलाई अनुसन्धानका लागि पक्राउ गरिएको हो । पोखराको सूर्यदर्शनलगायत सहकारीको बचत रकम अपचलनका सन्दर्भमा परेका जाहेरीमा पुरक अनुसन्धान गर्न संसदीय छानबिन विशेष समितिको सिफारिसका आधारमा गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->