पोखरा/ सहकारीको रकम अपचलनको आरोपमा पक्राउ पुर्जी जारी भएका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई आजै स्थलमार्गबाट पोखरा ल्याइने भएको छ । रविलाई पक्राउ गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सिआईबी० का एसपी होबिन्द्र बोगटीको नेतृत्वमा प्रहरी रास्वपा केन्द्रीय कार्यालयमा पुगेको छ ।
लामिछानेले पार्टी कार्यालयमा उपस्थित नेता, कार्यकर्तालाई सम्बोधन गरी आफै गिरफ्तारी दिने भएका छन । कास्की जिल्ला अदालतबाट पक्राउ पूर्जी जारी भएलगत्तै कास्की प्रहरीले लामिछानेलाई पक्रन सिआईबीलाई पत्राचार गरेको थियो ।





