पोखरा/ सहकारी बचत रकम अपचलन गरेको आरोपमा थुनामा रहेका नेपाल प्रहरीका पूर्वडिआइजी तथा गोर्खा मिडिया नेटवर्कका तत्कालीन संचालक छविलाल जोशीविरुद्ध कास्की जिल्ला अदालतले शुक्रबार २० दिनको म्याद थप गरेको छ । उनलाई असोज ६ मा काठमाडौंमा पक्राउ गरी पोखरा ल्याइएको थियो ।
अदालतले १७ असोजदेखि लागू हुने गरी २० दिनको म्याद थप गरेको कास्की जिल्ला अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए । दसैँ बिदाका कारण १७ असोजपछि अदालत बन्द भएको थियो । जोशी भने प्रहरीको हिरासतमै छन् । पोखराको सूर्यदर्शन सहकारीको बचत ठगीको अनुसन्धानका लागि जोशीलाई प्रहरीले पक्रेको थियो ।





