बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

रवि लामिछानेलाई एकाबिहानै पोखरा ल्याइयो, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षण गरेर कास्की प्रहरीको हिरासतमा राखियो

रवि लामिछानेलाई एकाबिहानै पोखरा ल्याइयो, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षण गरेर कास्की प्रहरीको हिरासतमा राखियो


  • ढोरपाटन संवाददाता
  • कार्तिक ३ २०८१, शनिबार

पोखरा/ सहकारी ठगी र संगठित अपराधमा शुक्रबार पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई शनिवार बिहान पोखरा ल्याइएको छ । उनलाई स्थलमार्गबाट पोखरा ल्याइएको हो ।

लामिछानेलाई पोखरा ल्याउनसाथ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षण गरिएको थियो । त्यसपछि करिब पौने ३ बजेतिर उनलाई जिल्ला प्रहरी कार्यालय कास्की पुर्‍याइएको थियो । लामिछानेलाई पोखरा ल्याउनु अघि नै पार्टीका पहिलो बरियताका उपाध्यक्ष स्वर्णिम वाग्ले जिल्ला प्रहरी कार्यालय अगाडि पुगेका थिए । अर्का उपाध्यक्ष उपाध्यक्ष डिपी अर्याल र रविकी पत्नी निकिता पौडेल लामिछानेसँगै गाडीमा आएका थिए । प्रहरी कार्यालय अघि रास्वपा कार्यकर्ताले नाराबाजी गरेका थिए । त्यसो त उनका समर्थकहरु राजमार्गका विभिन्न ठाउँमा भेला भएर नाराबाजी समेत गरेका थिए ।

पोखराको सूर्यदर्शन सहकारीको रकम अवैध रुपमा गोर्खा मिडिया प्रालिमा अध्यक्ष जिबी राईले लैजाने र त्यो रकम अपचलनमा रविको संलग्नता रहेको संसदीय छानबिन समितिको प्रतिबेदनमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->