पोखरा / पोखराको मानव अधिकार चोकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समर्थकले प्रदर्शन गरेका छन् । पार्टी सभापति रवि लामिछाने सहकारी ठगीमा पक्राउ परेपछि नेता कार्यकर्ताले राजनीतिक प्रतिशोध साँधेको भन्दै नाराबाजीसहित प्रदर्शन गरेका हुन् । सहकारी घोटलामा आफ्ना नेता कार्यकर्ता जोगाउन सरकारले रविलाई पक्राउ गरेको उनीहरूको भनाइ छ ।

उनीहरूले धनराज गुरुङ, ऋषिकेश पोखरेललगायतलाई सरकारले जोगाउन लागेको आरोप लगाएका छन् । गुरुङ र पोखरेलको फोटोसहित उनीहरू प्रदर्शनमा उत्रिएका छन् ।
शुक्रबार काठमाडौंस्थित पार्टी केन्द्रीय कार्यालयबाट पक्राउ परेका लामिछानेलाई राति नै पोखरा ल्याइएको थियो । उनलाई स्वास्थ्य जाँच गरी जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । आज शनिबार सार्वजनिक बिदा भएकोले आइतबार अदालतमा उपस्थित गराइने प्रहरीले बताएको छ ।





