मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

भीमापोखरा कल्याण समाजको अध्यक्षमा डिल्लीराज र सचिवमा राजु निउरे

भीमापोखरा कल्याण समाजको अध्यक्षमा डिल्लीराज र सचिवमा राजु निउरे


  • ढोरपाटन संवाददाता
  • कार्तिक ३ २०८१, शनिबार

बागलुङ / भीमापोखरा कल्याण समाज बागलुङको अध्यक्षमा डिल्लीराज उपाध्याय चयन भएका छन् । समाजको शनिबार सम्पन्न दोस्रो अधिवेशनले निवर्तमान सचिव उपाध्यायको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । कल्याण समाजको उपाध्यक्षमा बालकृष्ण शर्मा, सचिवमा राजु निउरे, सहसचिवमा राजु गौतम र कोषाध्यक्षमा विष्णु थापा चयन भएका छन् ।
कार्य समितिका सदस्यहरुमा रुद्र प्रसाद पौडेल, सुनिल शर्मा, दिपक केसी, कोपिला उपाध्याय, छविलाल थापा र राजेन्द्र केसी सर्वसम्मत चयन भएको निर्वाचन समितिका संयोजक चन्द्रमणि उपाध्यायले जानकारी दिए ।

समाजका अध्यक्ष टिका बहादुर कार्कीको अध्यक्षतामा सम्पन्न भएको साधारणसभा तथा अधिवेशनको उद्घाटन सत्रमा समाजका सल्लाहकार डिल्लीराज गौतम, काठेखोला गाउँपालिका–२ भीमापोखराका वडा अध्यक्ष विद्यापति शर्मा, विवाईसी बागलुङका अध्यक्ष तोयानाथ गौतम र समाजका आजिवन सदस्य गणेश बहादुर भण्डारीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रमको संचालन समाजका सचिव डिल्लीराज उपाध्यायले र स्वागत मन्तव्य  सदस्य शिवप्रसाद शर्माले गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->