बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

निषेधाज्ञा लगाउनु सरकारको कायरता : रास्वपा

निषेधाज्ञा लगाउनु सरकारको कायरता : रास्वपा


  • ढोरपाटन संवाददाता
  • कार्तिक ४ २०८१, आइतबार

पोखरा /कास्की जिल्ला प्रशासन कार्यालयले पोखरामा निषेधाज्ञा जारी गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रुष्ट बनेको छ । आफूहरूले गरिरहेको शान्तिपूर्ण प्रदर्शनलाई रोक्न सरकारले कायरता प्रदर्शन गरेको रास्वपा उपसभापति डिपी अर्यालले बताए ।

रास्वपाले सहिदचोकमा प्रदर्शन गरिरहँदा निषेधाज्ञाको सूचना जारी गरिएको हो । उक्त सूचनापछि रास्वपाले आफ्नो प्रदर्शन जारी राख्छ कि राख्दैन भन्ने प्रश्नमा उपसभापति अर्यालले भने, ‘हाम्रो प्रदर्शनलाई निरन्तरता दिन्छौँ ।’ अर्यालले स्वतस्फुर्तरुपमा भएको शान्तिपूर्ण प्रदर्शनबाट सरकार आत्तिनु नपर्ने बताए ।

‘हामीले अस्तिदेखि नै शान्तिपूर्ण रूपमा प्रदर्शन गरिरहेका छौँ । पार्टीको झन्डासमेत नबोकेर राष्ट्रिय झन्डा बोकिएको छ । प्रहरी प्रशासनले पनि तपाईँहरूको आन्दोलन अरूको भन्दा संयमित छ भनेर प्रशंसा गरेका छन् । तर, अनायास माथिको आदेशमा प्रशासनले निषेधाज्ञा लगाउनु निन्दनीय हो’ उनले भने ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->