पोखरा/ नेपाल समाजवादी पार्टी (नेसपा) को प्रथम विधान अधिवेशन सोमबारदेखि पोखराम सभागृहमा सुरु भएको छ । पार्टीका अध्यक्ष एवं विधान अधिवेशन आयोजक समितिका संयोजक डा .बाबुराम भट्टराईले अधिवेशनको उद्घाटन गरे ।
उक्त अवसरमा भट्टराईले आफुले माओवादीबाट अलग भएर नयाँशक्ति पार्टी गठन गरेदेखि हालसम्मको समीक्षा गरेका थिए । त्यसक्रममा उनले अहिले पनि नेपालमा बैकल्पिक राजीतिक शक्तिको आवस्यकता औल्याए । ‘विगतमा नयाँ शक्तिका केही कमजोरीहरु पनि रहे’, उनले भने, ‘नेपालमा बैकल्पिक नयाँ राजनीतिक शक्तिको आवस्यकता छ । त्यसतर्फ लागिपरेको छु ।’ उनले पुराना राजनीतिक शक्तिबाटद अव मुलुकमा राजनीतिक, आर्थिक, सामाजिकलगायत क्षेत्रको परिवर्तन असंभव रहेको सुनाए । साथै नयाँ भनिएका दलबाट पनि मुलुक पार लाग्न नसक्ने अवस्था रहेको दावी गर्दै उनले नयाँ राजनीतिक शक्तिको आवस्यकता रहेको दोहोराइरहे ।

अधिवेशनको उद्घाटन सत्रलगत्तै विधान मस्यौदा समितिका संयोजक डा.जनक शाहले बिधान प्रतिवेदन अधिवेशनमा प्रस्तुग गरेका छन । उक्त मस्यौदा (प्रतिवेदन) माथि सातै प्रदेशको समुहगत छलफल सुरु भएको नेसपा नेता राजु क्षेत्रीले बताए । उनका अनुसार आज बेलुकी ७ बजेसम्म समुहगत छलफल चल्ने छ । भोली मंगलबार बिहानको खाना खाने बेलासम्म समुहगत रिपोर्टिङ हुने छ । ‘मंगलबार साँझसम्म बिधानको अन्तिम रुप लिने विश्वास छ’ क्षेत्रीले भने, ‘साथीहरुको उत्साहजनक सहभागिता छ ।’ मंगलबार बिधान प्रतिवेदन पारित भएपछि महाधिवेशन मिति र स्थानको घोषणा हुनेछ । साथै निर्वाचन आयोग गठन, सांगठनिक कार्ययोजना,, समसामयिक प्रस्ताव, आयव्यय प्रस्तुतसाथ अधिवेशन सम्पन्न हुने नेसपाले जनाएको छ ।

अधिवेशनमा ४ सय प्रतिनिधिकाे सहभागिता रहेकाे छ ।





