पोखरा / सहकारीको रकम अपचलनको मुद्दामा पक्राउ परेका नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीलाई पोखराबाट बुटवल लगिएको छ । कास्की प्रहरी हिरासतमा रहेका उनलाई आज हवाईमार्गबाट बुटवल लगिएको हो ।
जोशीलाई दिउँसो ३ बजेको पोखरादेखि भैरहवा जहाजबाट ल्याएर इलाका प्रहरी कार्यालय बुटवलमा मुद्दा रहेकोले बुझाइएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता डीएसपी लक्ष्मी खनालले बताइन् ।
‘उनको मुद्दा इप्रका बुटवलले हेरेको छ, हामीले बुझेर बुटवलमा पठाएका छौं, भोलिदेखि अनुसन्धान सुरू हुन्छ, कति दिनमा सकिन्छ टुंगो छैन’, उनले भनिन् । सुप्रिम सहकारीको अपलचन प्रकरणमा बयानका लागि जोशीलाई ल्याइएको बताउँदै उनले बयान सकिएपछि पुनः पोखरा पठाउने जानकारी दिइन् ।





