पोखरा / सरकारले गण्डकी प्रदेशका ३ जना सचिवको सरुवा गरेका छ । बिहीबारको मन्त्री परिषद बैठकले ४० जना सहसचिवहरूको सरुवा गर्दा गण्डकीका ३ सचिव पनि फेरिएका छन् ।
प्रदेशको नीति तथा योजना आयोगमा सचिव बद्रीनाथ अधिकारी गण्डकीकै प्रदेश प्रमुखको कार्यालयमा सरुवा भएका छन ।
सरकारले गण्डकीमा २ जना सचिव पठाइएको छ । सरकारले रुद्रप्रसाद पण्डित र राजेन्द्रदेव पाण्डेलाई गण्डकीमा पठाएको हो । मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय वा मातहत रहने गरी २ सचिव पठाइएकोले उनीहरुको जिम्मेवारी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले तोक्ने छ । प्रदेश नीति तथा योजना आयोगमा सचिवको सरुवा भएसँग यहाँ ३ सचिव चाहिने भए पनि २ जना मात्र पठाइएको छ ।
यसअघि नै प्रदेश लोकसेवा आयोग र आर्थिक मन्त्रालय सचिवविहीन छन । लोक सेवाका सचिव ऋषिराम तिवारीको गृह मन्त्रालयमा सरुवा भएको थियो । आर्थिक मामिला मन्त्रालय दसैंदेखि नै सचिवविहिन छ । त्यहाँका सचिव पुरुषोत्तम शर्माको लोक सेवा आयोगमा सरुवा भएको छ ।
प्रदेशका उपसचिव डिल्लीराम रिज्याल आर्थिक मामिलामा निमित्त छन् । सचिव शर्मा दसैंपछि जान चाहेका भए पनि मन्त्री डा. टकराज गुरुङले सरुवा भएको मान्छे किन बस्नुभएको भनेपछि दसैं अघि नै हिँडेका थिए । उनी बजेट बनाउने बेलामा गण्डकी प्रदेशमा आएका थिए ।
प्रदेशका उपसिचव रिज्यालले निमित्त पाएपछि राजश्व तर्फका उपसचिव शिव ढुंगाना खुशी छैनन् । आफूले प्रदेशको उपसचिवलाई फाइल पेस नगर्ने भन्दै पन्छिएर बसेका छन् । छैटौं तहका अधिकृतले उठाएको फाइल आठौं तहको अधिकृतले निमित्त सचिवलाई पेस गर्ने गरेका छन् ।
सरुवा भएका सहसचिव वा सो सरकारका कर्मचारीको विवरण :





