पोखरा/ पार्टी सभापति रवि लामिछाने सहकारी ठगी र संगठीत अपराधमा पक्राउ परेपछि आन्दोलित राष्ट्रिय स्वतन्त्र पार्टीले (रास्वपा) मंगलबार पनि पोखरामा प्रदर्शन जारी राखेको छ ।
पोखराको जिरो किमीबाट रास्वपाले प्रदर्शन सुरु गरेको हो । त्यहाँबाट सिर्जनाचोक, पृथ्वीचोक, बुद्धचोक हुँदै हिडेरै अमरसिंहचोकमा पुगेर प्रदर्शन समापन हुनेछ । मुख्य सडकमै प्रदर्शन गरेपछि पोखराको ट्राफिक व्यवस्थापनमा केही समस्या आएको थियो । प्रदर्शनलाई रास्वपा नेताहरुले सम्बोधन गर्दै आफ्नो सभापतिलाई राजनीतिक प्रतिशोध साँधेर पक्राउ गरिएको जनाएका छन । प्रदर्शनकारीले सरकारबिरोधी नारा पनि लगाएका छन ।
गत शुक्रबार पक्राउ गरेर लामिछानेलाई पोखरा ल्याइएको थियो । शनिवारदेखि नै रास्वपाले पोखरामा प्रदर्शन गरिरहेको छ । आइतबारको प्रदर्शनमा केही उत्तेजितसमेत हुन पुगेको थियो । प्रहरीले अश्रुग्यास र पानीको फोहोरा नै प्रयोग गरेर प्रदर्शनकारीलाई हटाउने प्रयास गरेको थियो ।





