मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

बागलुङ कालिका मन्दिरमा असोजमा ४५ लाख भेटी संकलन

बागलुङ कालिका मन्दिरमा असोजमा ४५ लाख भेटी संकलन


  • ढोरपाटन संवाददाता
  • कार्तिक ७ २०८१, बुधबार

बागलुङ / बागलुङ कालिका भगवती मन्दिरमा बडादसैंको अवसरमा असोज महिनामा रु. ४५ लाख भेटी संकलन भएको छ । गुठी व्यवस्थापन समितिले असोजमा रु. ४५ लाख २७ हजार भेटी तथा अन्य क्षेत्रबाट आम्दानी भएको जनाएको छ ।

बडा दसैँ र चैते दसैँमा कालिका मन्दिरमा सबैभन्दा बढी भेटी संकलन हुने गरेको छ । दसैँमा मात्रै वर्षभरी हुने भेटीमध्ये ६० प्रतिशत संकलन भएको गुठीका अध्यक्ष कुमार खड्काले बताए ।

असोजमा भेटीमार्फत नगद रु. २२ लाख ८० हजार, परेवा बिक्रीबाट रु. ११ लाख ३६ हजार दुई सय ५०, सटर भाडा रु. तीन लाख ८५ हजार, बोकाको बली शुल्कबाट रु. चार लाख चार हजार, चामल बिक्रीबाट रु. ९६ हजार संकलन भएको खड्काले बताए ।

कुखुरा बली शुल्कबाट रु. ३० हजार आठ, राँगा बलीबाट रु. १८ हजार चार सय, विवाह शुल्क रु. १० हजार पाँच सय, आर्थिक सहयोग रु. एक लाख ४७ हजार आठ सय ७१, पण्डितबाट प्राप्त शुल्क रु. १६ हजार चार सय र व्रतबन्धबाट रु. तीन सय आम्दानी भएको समितिका अध्यक्ष खड्काले जानकारी दिए ।

असोजमा विभिन्न शीर्षकमा रु. १३ लाख ९० हजार खर्च भएको जनाइएको छ । अध्यक्ष खड्काले दिएको जानकारीअनुसार तलब, पूर्वाधार, कर्मचारी सुविधा, पानी, विद्युत्लगायत उक्त रकम खर्च भएको हो ।

चाडवाडको समयमा कालिका मन्दिर दर्शन गर्नेको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ । दसैँमा मात्रै चार लाख दर्शनार्थी मन्दिर दर्शनका लागि आएको गुठीको तथ्यांक रहेको छ । गत चैते दसैँमा पनि रु. ४० लाख भेटी संकलन भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->