बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

सरकारका १०० दिनः गर्छु भनेका ७० प्रतिशत काम पूरा गरेको प्रधानमन्त्री ओलीको दाबी

सरकारका १०० दिनः गर्छु भनेका ७० प्रतिशत काम पूरा गरेको प्रधानमन्त्री ओलीको दाबी


  • ढोरपाटन संवाददाता
  • कार्तिक ७ २०८१, बुधबार
प्रधानमन्त्री केपी शर्मा ओली सरकारको सय दिनको प्रमुख कार्यहरू सार्वजनिक गर्दै । तस्बिर : केशब गुरुङ

काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस र नेकपा (एमाले) इतिहास र हैसियत भएका दल मिलेर बनेको सरकार ढल्ने दिवा सपना कसैले नदेख्न आग्रह गरेका छन् ।

सरकारको सय दिनको उपलब्धिबारेको सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले काम गर्न नदिने उद्देश्यले सरकार अहिले ढल्छ, भरे ढल्छ, भोलि बिहानै ढल्छ भन्ने जस्ता अफवाह फैलाउने गरिएको टिप्पणी गरे ।

प्रधानमन्त्री ओलीले भने, ‘हामीलाई काममा सफलता पाउन कर्मचारी प्रशासनको सहयोग चाहिन्छ । अझ सरकारका प्राथमिकतालाई नागरिकको जीवनमा विस्तार गर्न मुख्य जिम्मेवारी ब्युरोक्रेसीले निर्वाह गर्नुपर्छ । कामका दौरानमा मलाई कतिपयले सुनाउनुहुन्छ, बारम्बार सरकार फेरबदलका घटनाले ब्युरोक्रेसी नै अल्मलिएको छ, कर्मचारीले काम होइन स्थायित्वप्रति आशङ्का गर्छन् ।’

ओलीले थपे, ‘त्यसरी सुनाइएका कुराहरूलाई मैले खण्डन गर्ने गरेको छु, कर्मचारीले नै काम गर्ने हो । ब्युरोक्रेसीको नेतृत्व गरेका मुख्य सचिव र सचिवहरू यहीँ हुनुहुन्छ । उहाँहरू पनि मेरो भनाइसँग पक्कै सहमत हुनुहुन्छ, राजनीतिक नेतृत्वले नीति र प्राथमिकता अघि सार्छ, कर्मचारी प्रशासनले त्यसलाई कार्यान्वयन गर्छ ।’

आफ्नो तीनमहिने कार्यकाल पूरा भएको अवसरमा आफूले गर्छु भनेका ७० प्रतिशत काम पूरा गरेको प्रधानमन्त्री ओलीले दाबी गरेका छन् । प्रधानमन्त्रीले उपलब्धि सूचीमा राखेका यस्ता काम पनि छन्, जुन उनी आउनुभन्दा अगाडिकै सरकारले कार्यान्वयनमा ल्याएको पनि उल्लेख छन् । ओलीले कतिपय यस्ता काम सम्पन्न भएको दाबी गरेका छन्, जुन सम्पन्न भएकै छैन ।

हेर्नुहोस प्रधानमन्त्री ओलीको सम्बोधनको पूर्णपाठः

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->