काठमाडौं / नेपाली उत्पादनहरू विश्वका विभिन्न देशमा व्यापारिक रूपमा नै जाने गरेको छ । ती देशबाट वस्तु तथा सेवा कम आयात गर्ने र बढी निर्यात गरेर व्यापार नाफामा राखिएको छ ।
नेपालले १३२ देशसँग व्यापार गर्दै आएको छ । यी देशबाट नेपालमा वस्तु तथा सेवा आयात र नेपालबाट पनि निर्यात हुने गरेको छ । यी एक लाख व्यापार भएका देशसहित १३२ देशमध्ये १०४ देशसँग नेपालको व्यापारघाटा छ । यसको अर्थ नेपालबाट निर्यात हुने वस्तु तथा सेवाभन्दा ती देशबाट बढी नेपाल भित्र्याउने गरिएको छ ।
यसरी सबैभन्दा बढी व्यापारघाटा भने छिमेकी राष्ट्र भारतसँग छ । यो देशसँग दुई खर्ब १६ अर्ब ६ करोड रुपैयाँ व्यापार घाटा छ । भारतबाट पछिल्लो तीन महिनामा नेपालमा दुई खर्ब ४० अर्ब ९२ करोड रुपैयाँको वस्तु तथा सेवा आयात भएको छ भने २४ अर्ब ८५ करोड ९० लाख रुपैयाँको निर्यात भएको छ ।
नेपालले व्यापार नाफा गर्ने देशहरु पनि छन् । अफगानिस्तान, डेनमार्क, रुसी संघ, संयुक्त राज्य अमेरिका, अस्ट्रिया, लाटभिया, माल्दिभस, न्यू कालेडोनिया, मौरिसिस र क्रोएसिया देशहरुसंग व्यापार नाफा छ ।





