बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

प्रधानमन्त्रीको पुत्ला दहनमा हस्तक्षेप नगरेको भन्दै चितवनका सिडिओ र एसपीको सरूवा

प्रधानमन्त्रीको पुत्ला दहनमा हस्तक्षेप नगरेको भन्दै चितवनका सिडिओ र एसपीको सरूवा


  • ढोरपाटन संवाददाता
  • कार्तिक ८ २०८१, बिहिबार

चितवन / प्रधानमन्त्रीको पुत्ला जलाउदा समेत हस्तक्षेप नगरेको भन्दै चितवनका प्रमुख जिल्ला अधिकारी (सिडिओ) इन्द्रदेव यादव र एसपी भावेश रिमालको सरूवा भएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताले चितवनमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला प्रदर्शन र दहन हुँदा प्रशासनले हस्तक्षेप नगरेको भन्दै गृह मन्त्रालयले उनीहरूको सरूवा गरेको हो।

बुधबार गृहमन्त्री स्तरीय निर्णय गरी सिडिओ यादवलाई हटाएर प्रकाश पौडेललाई खटाइएको हो। त्यस्तै रिमालको ठाउँमा मानव बेचबिखन अनुसन्धान ब्युरोमा रहेका गौतम मिश्रलाई पठाइएको छ।

रास्वपाले चितवनमा प्रधानमन्त्री ओलीको पुत्ला बनाएर प्रदर्शन गरेको भिडिओ सामाजिक सञ्जालमा बाहिरिएको थियो। ‘उक्त भिडिओ बाहिरिएसँगै सुरक्षा निकायले त्यसलाई नरोकेको भन्दै गृहले दुवैको सरूवा गरेको हो,’ स्रोतले भन्यो।

यादव र रिमाल दुवै जना चितवनबाट बिहीबारै हिँड्ने तयारीमा गरेका छन। यादव गृह मन्त्रालय र रिमाल मानव बेचबिखन अनुसन्धान ब्युरोमा जाने स्रोतले बतायो।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->