बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

सभापति पक्राउ राजनीतिक प्रतिशोधः रास्वपा

सभापति पक्राउ राजनीतिक प्रतिशोधः रास्वपा


  • ढोरपाटन संवाददाता
  • कार्तिक ८ २०८१, बिहिबार
oplus_2

पोखरा/ राष्ट्रिय स्वतन्त्र पार्टी ले पार्टी सभापति रवि लामिछानेको पक्राउलाई पूर्ण रुपमा राजनीतिक प्रतिशोध रहेको जनाएको छ । लामिछाने पक्राउ यताको बस्तुस्थितिबारे धारणा सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा रास्वपाले यस्तो जनाएको हो ।

पत्रकार सम्मेलनमा पार्टीका उपसभापति डा। स्वर्णीम वाग्लेले कात्तिक २ गते पक्राउ गरेको व्यक्तिलाई अहिलेसम्म ४/५ घन्टा मात्रै बयान लिएर आलटाल गर्ने प्रयास गरिएको उनले आरोप लगाए । लामिछानेलाई दालभात खुवाउन मात्र कास्की ल्याएको हा रु भन्ने प्रश्न गर्दै उनले पहिला थुन्ने अनि सोधपुछ गर्ने, तेरो शेखी झारिदिन्छु, देखाइदिन्छु भनेर राजनीतिक प्रतिशोध मात्र साँध्ने काम भएको दावी गरे । बयान गराउन समय पुगेन, कागजात पुगेन भनेर दुख दिने नियत रहेको भन्दै उनले पक्राउ गर्नु अघिनै कागजात तयार पार्नुपर्नेमा त्यसो नगरिनु पनि प्रतिशोध साँधिएको प्रष्ट हुने उनको भनाई छ ।

आफुहरुले कुनै पनि न्यायिक विधि र प्रक्रियामा हस्तक्षेप नगरेको उनको भनाई थियो । न्यायालयको ओझ र गरीमा माथि आफुहरुले केही नभनेको उनले बताए । ‘न्यायलयको सम्मान् छ, विधिको शासनमा न्यायलयको निर्णय स्विकाछा । तर न्यायलयमा पेश गर्ने कागजतात कार्यपालिकाले हो र त्यसमा चरम राजनीतिकरण भएकाले त्यसको मात्रै बिरोध गरिएको हो’ उनले भने । कानुन र प्रमाण अनुसार अघि बढ्न कार्यपालिकाका अंगहरुलाई आग्रह गरिएको उनले बताए । न्यायलयप्रति नभई कार्यपालिकाप्रति औलो ठड्याइएको र यसलाई जारी राख्ने उनले बताए ।

आफुहरु न्यायिक सम्मानकालागि शान्तिपूर्ण र सम्मानजनकरुपमा आन्दोलना उत्रिएको र सहकारीपीडितको पनि समर्थन पाएको दावी उनको थियो । सरकारले पीडितको बचत रकम फिर्ताबारे ध्यान नदिएको र सहकारी र लघुबित्तको समस्याका विषयमा रास्वपाले प्रतिवेदननै बनाएर तत्कालिन सरकारलाई बुझाएको उनले स्मरण गरे । मौजुदा ऐन कानुनबाट पनि धेरै काम गर्न सकिने भए पनि संसदीय छानविन समिति गठन गरि लामिछानेमाथि राजीनितक प्रतिशोध साँधिएको उनले दोहोराए । नैतिक र बौद्धिक जिम्मेवारी लिएर अव सहकारीको मुद्धालाई अघि बढाउने उनले बताए ।

पार्टीका प्रवक्ता मनिष झाले रास्वपाले नेतृत्व मात्र गरेको आन्दोलनमा सबै पीडितको सहभागिता रहेको दावी गरे । एउटा बिरुवा पनि नकुल्चिइकन आन्दोलन गरिएको उनले बताए । ‘संयमित भएर प्रदर्शन गरिएको । हिंसात्मक प्रदर्शन गर्ने उद्देश्य छैन’ उनले भने, ‘तर सहकारी पीडितको नाममा कांग्रेस र एमालेका कार्यकर्ता मुकुन्डो ओडेर आए ।’ कांग्रेस र एमाले अहिले ब्वायफ्रेन्ड र गर्लफ्रेन्ड जस्तो भए पनि कुनै दिन फेरी छुट्टाछुट्टै हिड्ने भन्दै उनले यी दलबाट सहकारी पीडितको समस्या समाधान हुन नसक्ने दावी गरे । पछिल्लो समय आफुहरुले उठाएको एजेन्डालाई मिडियाले बुझ्दै गएको उनले बताए । ‘रवि लामिछाने छुटाउन नभई राजनीतिक प्रतिशोध गरिएकाले प्रदर्शनमा उत्रिन परेको हो’ उनले भने, ‘सहकारीको पैसा गोरखा मिडियामा मात्र नभई एपी १ टेलिभिजनलगायत मिडीयामा पनि गएको तर त्यसतर्पm सरकारले केही नगरेकाले लामिछाने पक्राउ प्रतिशोध रहेको प्रष्ट हुन्छ ।’ राष्ट्रपतिका कानुनी सल्लाहकार बाबुराम कुँवरसमेत तत्कालित गोरखा मिडियाको सल्लाहकार रहेको प्रसंग निकाल्दै उनले उनीमाथि पनि छानविन हुनपर्ने माग गरे ।

विधि र प्रक्रियालाई मान्ने भन्दै उनले कानुन पनि कानुनसम्मत् हुनुपर्नेमा जोड दिए । ८७ अर्वको कुरामा ६५ करोडमा मात्र सरकार अल्झेको र पीडितको रकम फिर्ता गर्नेबारे सरकारले केही नगरेको आरोप उनको थियो । सर्वसाधारणबाहेक केही रकम राजनीतिक भ्रष्टाचारको पनि रहेको उनको दावी छ ।

प्रतिनिधिसभाका सांसद हरि ढकालले पुराना दलहरुले आफुहरुको आन्दोलनलाई बिथोल्न लागिपरेको जनाए । सहकारीको समस्याका विषयमा अव सदन र सडकबाट आन्दोलित भइरहने उनले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->