बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

रवि र छविलाई कास्की जिल्ला अदालतमा उपस्थित गराइयो

रवि र छविलाई कास्की जिल्ला अदालतमा उपस्थित गराइयो


  • ढोरपाटन संवाददाता
  • कार्तिक ८ २०८१, बिहिबार

पोखरा/ सूर्यदर्शन सहकारीको रकम हिनामिना प्रकरणमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीलाई विहीबार कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ । अहिले म्याद थप सम्बन्धि बहस चलिरहेको छ ।

दुवैजनाबिरुद्ध सहकारी ठगी तथा संगठित अपराधको मुद्दा लगाइएको छ । सोही मुद्दामा यसअघि दिइएको म्याद सकिएपछि प्रहरीले आज फेरि उनीहरुलाई अदालतमा उपस्थित गराएको हो । लामिछानेलाई कात्तिक २ र जोशीलाई असोज ६ मा पक्राउ गरिएको थियो । लामिछानेलाई गत आइतबार अघिल्लो शुक्रबारदेखि लागु हुने गरी ६ दिनको म्याद थप गरिएको थियो। उक्त म्याद बुधबार सकिएपछि पुनः अदालतमा उपस्थित गराइएको हो।

कास्की जिल्ला अदालतका ६ नम्बर न्यायाशीध चन्द्रकान्त पौडेलको इजलासमा रवि र छविको बहस सुरू भएको छ । रविको बहस भइरहँदा शहीद चोक, अदालत छिर्ने रत्नचोक नजिकैको वाइ चोकमा रास्वपा नेता कार्यकर्ताले प्रदर्शन गरिरहेका थिए । अहिले उक्त प्रदर्शन चिप्लेढुांतर्फ लगिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->