
पोखरा/ पार्टी सभापति रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न कास्की जिल्ला अदालतले अनुमति दिएलगत्तै रास्वपा कार्यकर्ताले निषेधित क्षेत्र तोडेर राष्ट्र बैंकचोक पुगेका छन । प्रहरीले प्रदर्शनकारीलाई तितरवितर पार्न राउन्ड अश्रु ग्यास प्रहार गरेको छ ।
कास्की प्रशासनले गत आइतबार प्रशासन र जिल्ला अदालतको चारकिल्लालाई निषेधित क्षेत्र घोषणा गरेको थियो । रास्वपाका प्रदर्शनकारी सुरुमा वाइचोकमा बसेर नाराबाजी गरिरहेका थिए । लामिछानेबिरुद्ध म्याद थप भएपछि उनीहरु आक्रोशित भएर निषेधित क्षेत्र तोडेका हुन । अहिले उक्त क्षेत्रको अवस्था तनावग्रस्त छ ।





