
काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध रुपन्देही जिल्ला अदालतबाट पनि पक्राउ पुर्जी जारी भएको छ । न्यायाधीश श्यामप्रसाद श्रेष्ठको इजलासले बिहीबार लामिछानेविरुद्ध प्रहरीलाई पक्राउ अनुमति दिएको छ ।
सुप्रिम सहकारी ठगी प्रकरणमा अनुसन्धान गर्नका लागि लामिछाने सहित १२ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको जिल्ला अदालत रुपन्देहीले जनाएको छ । लामिछाने पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पोखराको हिरासतमा छन् । प्रहरीले बिहीबार उनलाई थप ७ दिन हिरासतमा राख्न जिल्ला अदालतबाट अनुमति पनि लिएको छ ।






