बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

विद्युत प्राधिकरणले काट्यो बक्यौता नतिर्ने उद्योगको लाइन

विद्युत प्राधिकरणले काट्यो बक्यौता नतिर्ने उद्योगको लाइन


  • ढोरपाटन संवाददाता
  • कार्तिक ९ २०८१, शुक्रबार

काठमाडौं / नेपाल विद्युत् प्राधिकरणले बक्यौता नतिर्ने उद्योगको लाइन काट्न थालेको छ। दिइएको म्यादभित्र बक्यौता तिर्न नआएपछि लाइन काट्न थालेको प्राधिकरणका अधिकारीले बताएका छन्। बिहीवार साँझ ८ बजेबाट विभिन्न उद्योगहरुको लाइन काट्न थालिएको हो ।

यसअघि बिहान प्राधिकरणको सञ्चालक समितिमा यस विषयमा छलफल भएको थियो। नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइनबाट विद्युत् उपभोग गरेका ४९ उद्योगलाई बक्यौता तिर्न दिएको समय बिहीबार (कात्तिक ८ मा) सकिएपछि लाइन काट्न सुरू गरेको हो। रकम नतिरी बस्ने सबै उद्योगको लाइन काट्ने ती अधिकारीको भनाइ छ।

गत असोज २४ गते फूलपातीका दिन प्राधिकरणले एक सूचना प्रकाशित गरी कात्तिक ८ गतेभित्र बक्यौता रकम बुझाउन आग्रह गर्दै सो समयभित्र नबुझाए कानुनी प्रक्रिया थालिने चेतावनी दिएको थियो।

विद्युत् प्राधिकरणले ६ अर्ब ४३ करोड रुपैयाँ बक्यौता उठाउन बाँकी रहेको छ। यसअघि प्राधिकरणले ६ वटा उद्योगको लाइन काटेको थियो। पछि मन्त्रिपरिषद्को निर्देशनमा ३ महिनाका लागि जोडिएको थियो। तीन महिनाको म्याद पनि बिहीबार नै सकिएको छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->