बागलुङ/ बलेवा एकता बचत तथा ऋण सहकारी संस्था, बागलुङ बजार सदस्य सेवा केन्द्रको १४ औं वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ । कार्यक्रममा वक्ताहरुले सहकारीको मर्म अनुसारका काम कारवाही गर्नुपर्नेमा जोड दिए । सूचना तथा सञ्चार सहकारी केन्द्रीय महासंघका सञ्चालक सदस्य खिमबहादुर कार्कीले सहकारी विधिमा चल्नुपर्नेमा जोड दिए ।
सहकारीको सदस्य सेवा केन्द्रका संयोजक चन्द्रप्रकाश शर्मा पौडेलको अध्यक्षता, सचिव तारानाथ आचार्यको संचालन र उपसंयोजक प्रकाश प्रसाद शर्माको स्वागतमा सम्पन्न कार्यक्रममा दीपक कुँवर, ताराप्रसाद शर्माा, संगम घर्ती, भरत पौडेललगायतले बोलेका थिए ।
उक्त अवसरमा सदस्य सेवा केन्द्रमा उत्कृष्ट कारोबार गर्ने नारायण पौडेल, सरस्वती शर्मा आचार्य, सागर सुवेदी, बाबुराम लम्साल र दीपक कुँवरलाई सम्मान गरिएको थियो ।





