मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

बागलुङ नगरपालिका युसिएलजी एसिया प्यासिफिकको सदस्य

बागलुङ नगरपालिका युसिएलजी एसिया प्यासिफिकको सदस्य


  • ढोरपाटन संवाददाता
  • कार्तिक १२ २०८१, सोमबार

बागलुङ/ बागलुङ नगरपालिका युनाइटेड सिटि अफ लोकल गभरमेन्ट एशिया प्रसान्त क्षेत्र (युसिएलजी) एसिया प्यासिफिकको सदस्य भएको छ । चिनको जोजजोईमा भएको काउन्सिल एजिकेटिभ बैठकबाट बागलुङ नगरपालिकाले सदस्यता प्राप्त गरेको हो । बैठकमा सहभागी हुनका लागि चिन पुगेका बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठ र प्रमुख प्रशासकिय अधिकृत हरिदत्त कंडेलले युसिएलजी सदस्यताको प्रमाणपत्र लिएका छन ।

सदस्य बने सँगै युसिएलजी सँग समन्वय र सहकार्य गरी नगरपालिकामा विभिन्न कार्यक्रमहरु संचालन गरिने नगरप्रमुख बसन्त कुमार श्रेष्ठले जानकारी दिए । नेपालको तर्फबाट यस अगाडी नगरपालिका महासंघ गाउँपालिका महासंघ, धुलिखेल नगरपालिका लगायतका केही स्थानिय तह सदस्य बनिसकेका छन भने यस वर्ष गण्डकी प्रदेशका तनहुँको व्यास नगरपालिका र स्याङ्जाको वालिङ नगरपालिकाले पनि सदस्यता प्राप्त गरेका छन ।

नगरपालिकामा लैगिंक समानता, सामाजिक समावेशिकरण र क्षमता अभिबृद्धिका कार्यक्रम संचालनका युसिएलजी सँग सहकार्यका लागि प्रस्तावना पेश गरिएको बागलुङ नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरिदत्त कंडेलले जानकरी दिए । नगरपालिकाले पहिलो चरणमा जनप्रतिनिधि र कर्मचारीको क्षमता अभिबृद्धिका लागि सहकार्य गर्ने जनाएको छ । सदस्यता प्राप्त गरे सँगै बागलुङ नगरपालिकालाई एसिया क्षेत्रमा जोड्ने काम भएको छ भने विभिन्न राष्टका स्थानिय तह सँग पनि समन्वय र सहकार्य हुने छ ।

युसिएलजी संस्थामा एशिया प्रशान्त क्षेत्रका स्थानिय सरकारहरू सदस्यका रूपमा रहेका छन् । संयुक्त राष्ट्रसंघबाट मान्यताप्राप्त संस्थाका रुपमा रहेको दक्षिण पूर्वी एसिया र एसिया प्रान्त क्षेत्रका स्थानीय सरकार सम्मिलित सबैभन्दा ठूलो सञ्जाल हो। यसको प्रधान कार्यालय इण्डोनेसियाको जाकार्तामा छ। स्पाकलाई स्थानीय सरकारहरुको ऐक्यबद्ध आवाजका रुपमा लिने गरिन्छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->