बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

रवि लामिछानेसंग ९ घण्टा लामो बयान, सक्ने तयारी !

रवि लामिछानेसंग ९ घण्टा लामो बयान, सक्ने तयारी !


  • ढोरपाटन संवाददाता
  • कार्तिक १२ २०८१, सोमबार

पोखरा / पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग प्रहरीले लामो बयान लिएको छ । सरकारी वकिलको कार्यालयमा बिहान साढे ११ बजेदेखि बयान सुरु भएकोमा हालसम्म जारी छ ।

स्रोतका अनुसार बयान आजै सक्ने तयारी छ । रास्वपा सभापति लामिछानेलाई सहकारीको रकम गोर्खा मिडियामा लगेर अपचलन गरेको आरोप छ । उनीमाथि प्रहरीले सङ्गठित अपराध, सम्पत्ति शुद्धीकरण र सहकारी ठगी आरोपमा अनुसन्धान गरिरहेको छ ।  कात्तिक २ गते काठमाडौँबाट पक्राउ परेका लामिछानेको अनुसन्धानका लागि कास्की लगिएको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->