काठमाडौं/ निजगढ द्रुत मार्ग (फास्ट ट्रयाक) को विचाराधीन मुद्दा जिताइदिने लोभ देखाएर एक करोड २८ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
उनका अनुसार आरोपितले उजुरीकर्तासँग भेटघाट गरी काठमाडौं–निजगढ द्रुत मार्गको टेण्डरमा सहभागी हुने क्रममा भएको निर्णय उपर सम्मानित उच्च अदालतमा विचाराधीन रहेको मुद्दा जिताइदिन्छु भन्दै रकम मागेको र रकम नदिएमा मुद्दा हराइ दिने धम्की दिइ रु एक करोड २८ लाख लिएर फरार भएका थिए।





