मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

ब्रम्हकुमारी विश्वविद्यालयमा सामुहिक लक्ष्मी पूजा गरियो

ब्रम्हकुमारी विश्वविद्यालयमा सामुहिक लक्ष्मी पूजा गरियो


  • ढोरपाटन संवाददाता
  • कार्तिक १५ २०८१, बिहिबार

बागलुङ/ब्रम्हकुमारी इश्वरीय विश्वविद्यालय बागलुङमा सामुहिक लक्ष्मी पूजा गरिएको छ । बिहिबार बिहान आयोजित कार्यक्रममा राजनीतिक दलका अगुवा, प्रशासक, स्थानीय सर्वसाधारण र विश्वविद्यालयका संचालक समेतले लक्ष्मी पूजा गरेका हुन् ।
प्रवचन र मन्तव्यसहित पूजा सम्पन्न भएको हो । पूजाकोलागि साक्षात लक्ष्मी बनाइएको थियो । त्यस बाहेक प्रवचन कार्यक्रम पनि सम्पन्न भयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीले आत्ध्यात्मिक चिन्तनले समाजमा अपराध कमी भएको, सभ्य र सुसंस्कृत बनाउन सकिने बताए । तिहारको मौलीकता जोगाउनपनि यस्ता कार्यक्रम उपयोगी हुने बताए ।
कार्यक्रममा विश्वविद्यालयकी संचालिका सावित्री दिदीले भौतिक उज्यालो बाट कृतिम खुसी देखाएपनि मनको उज्यालो बनाउन नसकिएको बताइन् । उनले समाजमा सबै सकारात्मक भएर मनको उज्यालो बनाएमा देशमा आर्थिक बिकास संभव भएको बताइन् ।
सावित्री दिदीकै अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली सेनाको २३ नम्बर बाहिनीपति जगतबहादुर पौडेल, महिला नेतृ मना केसी लगायतले मन्तव्य राखेका थिए । साथै उक्त अबसरमा सामुहिक देउसी भैलो गाएर नाचगान पनि गरिएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->