बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

पोखरा १७ कृषि सञ्जालले गरे सयपत्रीको खेती

पोखरा १७ कृषि सञ्जालले गरे सयपत्रीको खेती


  • ढोरपाटन संवाददाता
  • कार्तिक १५ २०८१, बिहिबार

पाेखरा / नेपालीहरुको महानपर्व मध्येको तिहार ढोकैमा आइपुग्यो । यतिबेला तिहारको रमझम सुरु भइसकेको छ । तिहारमा विशेषगरी सयपत्री फूलको प्रयोग हुने गर्दछ । तिहारमा प्रयोग हुने फूल समेत भारतबाटै आउने भएपछि पोखरा १७ को वडा कृषि सञ्जालले भने वडामै सयपत्री फूलको खेतिको सुरुवात गरेको छ ।

तिहारलाई नै लक्षित गर्दै सञ्जालले सयपत्री फूलको खेति गरेको हो । पोखरा महानगरपालिका र सञ्जालको लगानीमा पोखरा १७ मुसुरेटुडाँमा करिब डेढ रोपनि जग्गामा सयपत्रीको खेति गरिएको हो । पोखरा महानगरपालिकाले महानगरपालिकाभित्रका किसानलाई लक्षित गर्दै ३३ वटै वडामा कृषि सञ्जाल गठन गरेको छ ।

स्थानीय उत्पादनलाई प्रर्बद्धन गर्दै आयातित खाद्य कम गर्ने उदेश्यका साथ महानगरको कृषि शाखाको अपनत्वमा सो अभियान चलाएको छ । सोहि अन्तरगत तिहारमा प्रयोग हुने सयपत्री फूलको खेतिको परिक्षण गरिएको सञ्जालका संयोजक वैकुण्ठ भण्डारीले बताए । उनका अनुसार गत वर्ष समेत परिक्षणका लागि सयपत्री फूलको खेति गरिएको थियो । सोचेजस्तो व्यापार नहुँदा उत्पादन भएको आधा फूल खेर गएको थियो ।

यो वर्ष समेत वर्षाका कारण उत्पादनमा ह्रास आएको देखिन्छ । केहि समय अघिको वर्षाले फूलको विरुवाहरु ढलाएका छन् । तर, पनि फूल आशालाग्दो तरिकाले फुलेपछि उनीहरु हर्सित छन् ।

‘वर्षाका कारण यस पटक समस्या भयो । सोचेजति त फुलेका छैनन् तर, तिहारसम्म अझै फुल्नेमा आशावादी छौं । फूल पनि भारतबाट आउने भएपछि हामीले यो सुरुवात गरेका हौं ताकी महानगरमा नमूना सञ्जाल होस्’ उनले भने, ‘यो परीक्षणका लागि गरेका हौं । तिहारमा सयपत्री फूलको माला लगाउने चलन छ र यो फूल नै प्रयोग हुन्छ, कम्तिमा पनि पोखराका ३३ वटै कृषि सञ्जालले फूलको खेति गरे बाहिरबाट आयात गर्नुपर्ने स्थिति महानगरमा नहोस भन्ने उदेश्यका साथ सुरुवात गरेका छौं ।’
उनका अनुसार पोखरा १७ मा आफुहरुले मात्र नभई अन्य किसानहरुले समेत फूलको खेति गरेकाले वडाभित्र उपभोगका लागि आवश्यक अनुसार पुग्ने देखिएको छ । तर, बाहिरबाट आउने फूल नै किन्ने हुँदा फुलेका फूलहरु त्यसै खेर जानेहो की भन्ने चिन्ता किसानको छ । गत वर्षसमेत फूले खेर जाँदा महानगरपालिकाले क्षतिपुर्ति दिएको थियो ।

यस पटक महानगरपालिकाले नै पुष्प व्यापार मेलामा सो फूल लाने उनले सुनाए । महानगरपालिकाले ३३ वटै वडा सञ्जालसँग बैठक बसि यस वर्ष प्रति किलोग्राम तीन सय रुपैयाँको दरले बेच्न भनेको उनको भनाइ छ ।

पोखरा महानगरपालिका र सञ्जालले आधा आधा लगानीमा सयपत्री फूलको खेती गरिएको हो । महानगरपालिका कृषि शाखाले विउ तथा वेर्ना प्रदान गरेको संयोजक भण्डारी बताउछन् । गत वर्ष पोखरा १७ कै छोरेपाटनमा खेति गरिएको थियो । गत वर्ष प्रति केजी चार सय रुपैयाँ राखिएको थियो । यस पटक एक सय रुपैयाँ घटाइएको छ ।

सञ्जालका सचिव झलक बरालले ९१० वेर्ना र दुई पोका विउ अनुदानमा आएको जानकारी दिए । उनका अनुसार फूल बिक्रिबाट ५० हजार रुपैयाँ मुनाफा गर्ने योजना रहेको छ । सञ्जालले केजीको मात्र होइन फूलको गच्छा तथा माला समेत बनाएर विक्रि गर्नेछ ।

फूलेको गुच्छा प्रति गोटा पाँच रुपैयाँदेखी तीन रुपैयाँ सम्म रहने उनको भनाइ छ । ठूलो गुच्छाको मालाको मुल्य एक सय ८० रुपैयाँ, मध्यमको एक सय ५० र सानोको एस सय २० रुपैयाँ महानगरले तोकिदिएको उनले बताए । उनीहरुले बुधबारबाट विरौटास्थित किसान बजारमा फूल विक्रिका लागि राखेका छन ।

किसानलाई फूल खेतीबाटै राम्रो कमाउन सकिन्छ भन्ने सन्देश दिनका लागि पनि आफुहरुले फूल खेतिलाई रोजेको बराल सुनाउछन् । सञ्जालमा हाल २१ जना किसान रहेका छन् ।

यस्तै पोखरा महानगरपालिकाले प्लाष्टिकका फूल गुच्छा बिक्री वितरण नगर्न अनुरोध गरेको छ । पोखरामा वातावरण संरक्षण ऐन, २०७६को दफा १५ को उपदफा ६ अनुसार प्लाष्टिकजन्य फूल तथा फूलका गुच्छाको विक्री वितरण तथा भण्डारणमा निषेध गरेको हो ।

महानगरपालिकाले स्थानीय उत्पादन प्रबद्र्धन नीति अनुरा तिहारको समयमा स्थानीय फूल उपयोग गर्न समेत महानगरभित्रका सरकाी, गैर सरकारी संघ संस्था, उपभोक्ता तथा सर्वसाधारणलाई अनुरोध गरेको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->