मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

बागलुङमा मनाइयो नेपाल संम्वत् ११४५

बागलुङमा मनाइयो नेपाल संम्वत् ११४५


  • ढोरपाटन संवाददाता
  • कार्तिक १८ २०८१, आइतबार

बागलुङ / नयाँ वर्ष नेपाल संम्वत् (न्हू दँ) ११४५ बागलुङमा एक कार्यक्रम गरी मनाइएको छ । शनिबार न्हू दँ मूल आयोजक समिति बागलुङको आयोजनामा नयाँ वर्ष ११४५ भव्य रुपमा मनाइएको हो ।

नेवार समुदायका धेरै सहभागी रहेको र्यालीले शंखधर शाख्वाको फोटो र विभिन्न झाँकीसहित बजार परिक्रम गरेको थियो । सो अवसरमा आयोजित कार्यक्रमको उद्घाटन गर्दै बागलुङ नगरपालिकाका प्रमुख बसन्त कुमार श्रेष्ठले शंखधर साख्वाले चलाएको नेपालीहरूको मौलिक संम्वत् नेपाल संम्वत् अहिलेसम्म पनि पुरै नेपालीको संम्वत् हुन नसकेको हुँदा यसलाई सबै नेपालीको साझा संम्वत् बनाउनको लागि थप अभियान चलाउनु पर्ने बताए ।

श्रेष्ठले नेवा सभ्यता, भाषा, जात्रा, संगीत, गीत, कला, संस्कार र संस्कृतिको संरक्षण र जर्गेना गर्नको लागि सबै नेवार समुदायले आर्थिक, भौतिक सहयोग गर्नुको साथै सबैको सक्रिय सहभागिता चाहिने र नेवारहरुको एकता भए मात्र नेवार समुदायको विकास र उनीहरुको संस्कृतिले प्रगति गर्ने बताए ।

कार्यक्रममा नेपाल भाषा मंकाःखलः बागलुङका पूर्वअध्यक्ष काजि गाउँले श्रेष्ठले नेपाल संम्वत्को बारेमा जानकारी दिदै यसलाई नेपाली सम्वत्रका रुपमा सवैले मनाउनु पर्ने बताए ।

कार्यक्रममा बागलुङका प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद सुवेदीले शुभकामना मन्तव्य व्यक्त गदैै नेपाल सम्वत्लाई राष्ट्रिय सम्वत्को रुपमा मनाउन ढिला भएको बताए ।

सो अवसरमा बलेवा नेवार समाजले लाखे नाच, शाक्य कल्याण समाज बागलुङले लाखे नाच, हनुमान नाँच संरक्षण परिषदले हनुमान नाच, नेवा ल्याम्ह पुचले भिमे बाजा र नेवा मिसा दवुले कुमारी देवता झाँकी प्रस्तुत गरेका थिए । कलाकारहरुले नेवारी भाषाको विभिन्न नाच प्रस्तुत गरेका थिए ।

न्हू दँ मूल आयोजक समितिका संयोजक तथा नेपाल भाषा मंकाः खलः बागलुङका अध्यक्ष जयराम भारीले नेपाल संम्वत् सम्पन्न गर्न आर्थिक, भौतिक सहयोग गर्ने दाताहरुलाई धन्यवाद दिए । संयोजक भारीको सभापतित्वमा भएको कार्यक्रममा नेवा मिसा दबुका अध्यक्ष सोमना शाक्यले स्वागत र न्हू दँ मूल आयोजक समितिका सचिव सुदिप राजभण्डारीले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->