
काठमाडौं / काठमाडौंमा आज पनि पानी पर्ने भएको छ । अपराह्नपछि काठमाडौंमा वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । ‘काठमाडौंमा आज पनि वर्षा हुनेछ । अपराह्नपछि वर्षा हुने सम्भावना छ,’ मौसमविद् गोविन्द झाले भने, ‘काठमाडौंमा हल्का वर्षा हुनेछ । काठमाडौंका विभिन्न ठाउँमा दुई तीन घण्टा वर्षा हुनेछ ।;
वाग्मती, गण्डकी, कोसी र तराईका विभिन्न भू-भागमा आज वर्षाको सम्भावना रहेको उनले बताए । ‘काठमाडौंमा हल्का वर्षा भए पनि अन्य क्षेमा भने मध्यमसम्म वर्षा हुनेछ,’ मौसमविद् झाले भने ।
उनका अनुसार भोलिबाट भने मौसममा सुधार हुनेछ । ‘भोलिबाट मौसममा सुधार हुनेछ,’ उनले प्रष्ट पारे । हाल देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव छ । भारतको पश्चिम बंगाल आसपास रहेको न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको विभागले जनाएको छ ।





