पोखरा / मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (मंगलबार) देशका पहाडी र हिमाली भेगमा वर्षा तथा हिमपात हुने सम्भावना रहेको छ। महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो कोसी प्रदेशलगायत बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै र बाँकी पहाडी भूभागका एक-दुई ठाउँमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना देखिएको हो।
यसैगरी दिउँसो देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपात हुने सम्भावना पनि रहेको महाशाखाले बुलेटिनमा उल्लेख गरेको छ। यसैबीच, दिउँसो काठमाडौँ उपत्यकमा पनि क्षणिक वर्षाको सम्भावना देखिएको छ। तर यो सम्भावना केवल २० प्रतिशत रहेको मौसम महाशाखाले जनाएको छ।
यस्तै, आज राति पनि बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एकरदुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्का वर्षा हुने सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ।महाशाखाका अनुसार अहिले बिहान भने देशभर मौसम आंशिकदेखि साधारणतया बदली रही देशका पहाडी भूभागका एकरदुई स्थानमा हल्का वर्षा भइरहेको छ।
हाल देशभर पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको महाशाखाले जनाएको छ।





