बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

रास्वपाका कार्यकर्ता र रविका समर्थकद्वारा पोखरामा प्रदर्शन

रास्वपाका कार्यकर्ता र रविका समर्थकद्वारा पोखरामा प्रदर्शन


  • ढोरपाटन संवाददाता
  • कार्तिक २० २०८१, मंगलबार

पोखरा / सहकारी ठगी प्रकरणमा हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध अनुसन्धान चलिरहँदा रास्वपाका कार्यकर्ता र समर्थकहरूले भने प्रतिशोधपूर्ण तबरले उनलाई फसाउन खोजिएको भन्दै मंगलबार पनि पोखरामा प्रदर्शन गरेका छन् ।

जिरो किलोमा भेला भएर रास्वपाका नेता कार्यकर्तासहितका समर्थकले लामिछानेको पक्षमा प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागीहरूले लामिछानेको रिहाइको माग गर्दै प्रतिशोधपूर्ण राजनीति नगर्न सरकारसँग माग गरेका छन् ।

लामिछानेलेलाई सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि मंगलबार नै कास्की जिल्ला अदालतमा पेस गरिएको छ । यहीबीचमा समर्थक भने सडकमा भेला भएर सरकारमाथि दबाब बढाइरहेका छन्।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->