
पोखरा/ सहकारी ठगी, संगठित अपराध र सम्पत्ती शुद्धीकरण कसुरमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थप १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न कास्की जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ । तेस्रो पटकको म्याद थपमा प्रहरीले अदालतसँग थप २५ दिन म्याद थप्न भन्दै अनुमति मागेको थियो ।
कात्तिक २ गते काठमाडौंमा पक्राउ परी पोखरा ल्याइएका लामिछानेलाई पहिलोपटक कात्तिक ४ गते अदालतले ७ दिन र दोस्रोपटक पनि ७ दिनलाई दिएको म्याद कात्तिक १४ गते सकिएको थियो । त्यसपछि तिहार विदा परेकाले उनी हिरासतमै थिए । बिदा सकिएको पहिलो दिन मंगलबार रविलाई कास्की प्रहरीले अदालत पेस गरेको थियो । म्याद थपबारे जिल्ला न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासमा बहस भएको थियो ।





