बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

सहकारी ठगीमा मित्रमिलनका उपाध्यक्ष लम्साल पक्राउ

सहकारी ठगीमा मित्रमिलनका उपाध्यक्ष लम्साल पक्राउ


  • ढोरपाटन संवाददाता
  • कार्तिक २१ २०८१, बुधबार

पोखरा / कास्कीको मित्रमिलन सहकारीका बचतकर्ताको रकम अपचनल तथा ठगीमा संलग्न भएको आरोपमा उपाध्यक्ष विजय लम्साल पक्राउ परेका छन्। उनलाई मंगलबार साँझ कास्की प्रहरीले पक्राउ गरेको हो।

मित्रमिलन सहकारीका सञ्चालक समितिका पदाधिकारीले बचत रकम फिर्ता नगरेका र हिनामिना गरेको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको थियो। लम्सालसहित पोखरा महानगरपालिका वडा नं. २१ का वडाध्यक्ष दीपक सुवेदीसहित ३० जनाविरुद्ध गतवर्ष मंसिरमै पक्राउ पुर्जी जारी भएको थियो।

यही संस्थाका अध्यक्ष रमण पौडेल र प्रबन्ध निर्देशक किरण अधिकारीलाई प्रहरीले यसअघि पनि बैंकिङ कसुरमै पक्राउ गरेको थियो। सहकारीका सञ्चालक र अन्य मिलेर करिब रु. २९ करोड रकम हिनामिना गरेको आरोप छ। अदालतमा रु.२१ करोड बिगो दाबीसहित मुद्दा दायर भएको थियो।

सहकारी रजिष्ट्रारको कार्यालय पोखराले छानबिनको क्रममा यस सहकारीको २६ करोडभन्दा बढी रुपैयाँ हिनामिना भएको तथ्य फेला परेको थियो।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->