मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

पर्यटनका लागि भैलो र साँस्कृतिक कार्यक्रम

पर्यटनका लागि भैलो र साँस्कृतिक कार्यक्रम


  • ढोरपाटन संवाददाता
  • कार्तिक २१ २०८१, बुधबार

फाइल तस्बिर
बागलुङ/बागलुङ नगरपालिका वडा नं. १० भकुण्डेमा रहेको रुद्रमान स्मृति पार्कलाई पर्यटकीय गन्तव्य बनाउने अभियानमा स्थानीयले सक्रियता देखाएका छन् ।
स्वर्गीय रुद्रमान गुरुङको स्मृतिमा स्थापित भक्ुण्डेको पार्कलाई यहाँको होमस्टे र संस्कृतिमा जोड्ने गरी उनीहरुले अभियान थालेका हुन् ।
तिहार र छठको अबसर पारेर देउसी भैलो, शुभकामना आदान प्रदान र मगर संस्कृतिका नृत्य, गीत संगीत समेत प्रस्तुत गरेर पार्कको प्रचार प्रसार गर्ने तथा थप पर्यटकीय संरचना निर्माण गर्ने समेत उनीहरुले उद्देश्य राखेका हुन् ।
चाडपर्व लक्षित गरेर पार्क निर्माण समितिले देउसीभैलो र साँस्कृतिक कार्यक्रम र अन्तरक्रिया समेत सम्पन्न गरेको छ । बागलुङ नगरपालिका वडा नं. १० का वडा अध्यक्ष तिल बहादुर थापा मगरले पार्कलाई व्यवस्थित बनाएर पर्यटक भित्राउने काममा सबैको साथ चाहिने बताए । उनले मौलीक परपरालाई जिवन्तता दिने खालको बनाउन स्थानीयलाई सुझाव दिए । स्थानीयले यो बर्षको देउसीलाई पनि साँस्कृतिक बनाएका थिए । यहाँ निर्माण गरिएका लिंगे पिङ खेल्ने, पार्कमा रमाउने, शुभकामना आदानप्रदान र स्थानीय मगर समुदायको पञ्चे बाजा बजाएर नाचगान समेत गरिएको थियो ।
भकुण्डेको सुन्तला खेतीको प्रवद्र्धन गर्ने, मनमोहक हिमश्रृङखला अवलोकन गर्नको लागि प्रचारप्रसार गर्ने काममा वडाले पनि पहल गर्ने थापाले बताए । देश बिदेशमा बसेका युवाबाट सहयोग जुटाएर पार्कमार्फत पर्यटक भित्राउने काम थाल्ने उनीहरुको योजना छ ।
पार्क निर्माण समितिका अध्यक्ष लालबहादुर थापाको अध्यक्षता, स्थानीय उदित कुमार थापाको संचालन र यामबहादुर थापाको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो । गण्डकी प्रदेश सरकारले घुम्न लायक पर्यटकीय गन्तव्यमा भकुण्डेलाई पनि सूचिकृत गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->