बागलुङ / रुकुमबाट काठमाडौं आउदै गरेको बस बागलुङको निसीखोला-६ जाउलेपानीमा दुर्घटना हुँदा २१ जना घाइते भएका छन् । रुकुमबाट काठमाडौं आउदै गरेको ना. ८ ख. ८४१४ नम्बरको बस दुर्घटना भएको हो ।
दुर्घटनमा परि चार जना गम्भिर र १७ जना सामान्य घाइते भएका प्रहरीले जानकारी दिएको छ । बसमा ४० जना सवार थिए । ब्रेकफेल भएर बस दुर्घटना भएको प्रारम्भिक अनुमान प्रहरीको छ । घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।





