सोमबार, कार्तिक ३ २०८३

सोमबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , सोमबार
  • October 19 2026

मोदीको बधाई, ‘मेरा मित्र ट्रम्पलाई चुनाव जितेकामा बधाई’

मोदीको बधाई, ‘मेरा मित्र ट्रम्पलाई चुनाव जितेकामा बधाई’


  • ढोरपाटन संवाददाता
  • कार्तिक २१ २०८१, बुधबार
अंकमाल गर्दै ट्रम्प र मोदी । फाइल तस्वीर

काठमाडौं / भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकाको राष्ट्रपति पदमा विजयी भएकामा डोनाल्ड ट्रम्पलाई बधाई दिएका छन्। उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘मेरो मित्र डोनाल्ड ट्रम्पलाई ऐतिहासिक चुनाव जितेकामा हार्दिक बधाई !’

मोदीले अगाडि लेखेका छन्, ‘तपाईंको अघिल्लो कार्यकालका सफलताजस्तै म भारत–अमेरिका व्यापक वैश्विक र रणनीतिक साझेदारीलाई अझ सुदृढ पार्न हाम्रो सहयोगलाई अगाडि बढाउन उत्सुक छु। आउनुहोस् हामीसँगै हाम्रा जनताको हित, विश्वव्यापी शान्ति, स्थिरता र समृद्धिका लागि काम गरौँ ।’

डोनाल्ड ट्रम्पले फ्लोरिडामा समर्थकहरूलाई सम्बोधन गर्दै आफ्नो विजयको घोषणा गरेका छन्। तर, उनको जितको औपचारिक घोषणा भने गर्न बाँकी छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->