मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

१७ करोड बजेटमा बक्यौता मात्रै ११ करोड

१७ करोड बजेटमा बक्यौता मात्रै ११ करोड


  • ढोरपाटन संवाददाता
  • कार्तिक २२ २०८१, बिहिबार
afun'ªsf] /fªvfgL b]lv s'ZdL;]/f cfpg] ;8s . of] ;8s sfnf]kq] ug]{ tof/L 5 . tl:a/ M k|sfz a/fn÷sflGtk'/

बागलुङ/सडक डिभिजन कार्यालयमा अघिल्ला बर्ष भएका कामको भुक्तानी दिन मात्रै ११ करोड ५० लाख बाँकी छ । तर चालुबर्ष जम्मा १७ करोडको ठेक्का लगाउन पाइने बजेट स्विकृत छ ।
उक्त बजेटले गत बर्षको बक्यौता तिर्ने वा नया काम गर्ने भन्नेमा कर्मचारी अलमलमा छन् । ‘बजेट साह्रै थोरै छ, पुरानो भुक्तानी तिर्दा नयाँ काम थाल्न पनि नसकिने अबस्था छ’ सडक डिभिजन कार्यालय बागलुङका प्रमुख हरिप्रसाद सुवेदीले भने, ‘बैकल्पिक सहायक राजमार्गको काम थाल्नै सकिएको छैन ।’ उनले यो अवस्थाले ३० प्रतिशत बित्तिय र भौतिक प्रगती गर्न नसकिने गुनासो गरे ।
बिकासे कार्यालयमा अघिल्लो बर्षदेखिनै भुक्तानी समस्या चुलिएको छ । अदालत चौपारीदेखि सिगाना १० किमी खण्ड निर्माण गरिरहेको ठेकेदार कंपनीले भुक्तानी नपाएर अघिल्लो आर्थिक बर्षको असारबाटै काम रोकेका थिए । आब २०७९÷०८० को असार मसान्त अघिको कामको भुक्तानी गतबर्षपनि नपाएपछि ठेकेदार कंपनीले काम छाडेर हिड्न बाध्य भएको गुनासो गरेका छन् । ठेक्का सम्झौता भएको ९ महिनासम्म डेढसय सम्म कामदार, दर्जन उपकरण प्रयोग गरेर काम गरेको ठेकेदार कंपनी ‘कर्ण बिल्डर्स’ले काम छाडेर हिडेका थिए । काम गरेको रकम समेत भुक्तानी नपाएको र चालुबर्षपनि नपाउने निश्चित भएपछि ठेकेदारले कामदारलाई फिर्ता पठाउन बाध्य भएको साइट इन्चार्ज सुदीप श्रेष्ठले बताए ।
ठेकेदार कंपनीले अघिल्लो आर्थिक बर्षको मात्रै साँढे ३ करोड भुक्तानी नपाएको हो । ‘काम पनि राम्रो गरेको थियो, समय अघिनै सकिने संभावना थियो’ सडक डिभिजन कार्यालय एक प्राविधिकले भने, ‘चालु वर्षपनि भुक्तानी दिने पैसा छैन ।’ श्रेष्ठका अनुसार कुल १० किमी सडकको स्ट्रक्चरको ८० प्रतिशत काम सकिएको थियो । घुम्तीहरु ढलान भएका छन् । बाँकी सडकको अधिकांस खण्ड ग्राभेल भैसकेकोमा काम पुरा नगरेपछि बर्षातमा खसेका पहिरो समेत पन्छाइएको छैन ।
२०८१ को फागुन सम्म काम सक्ने लक्ष्य राखेको ठेकेदार कंपनीले बजेटकै कारण काम नभ्याएको बताए । समयमा बजेट नआएकै कारण बागलुङकै रामरेखा देखि म्याग्दीको रत्नेचौर जाने बागलुङ बेनी सडकको काम गर्न लागेको ‘गजेन्द्र नयाँबाटो संयुक्त निर्माण सेवा’ले पनि नपाएपछि काम रोकेको हो । गलकोटको मल्मदेखि पाण्डवखानी जाने सडक, मुस्ताङ र म्याग्दीका ठूला योजनामा बजेट कटौती भएको सुवेदीले बताए । राज्यले ठूला पूर्वाधारका कामको दायित्व तिर्ने अबस्था र नयाँमा श्रोत सुनिश्चित नभए ठेकेदारलाई काममा लगाउनै नसक्ने सुवेदीले टिप्पणी गरे ।
दायित्व तिरेर उम्कने बजेट नहुँदा ठेकेदारहरुले डिभिजनले लगाउने अन्य साना तिना काम पनि नगरेको प्राविधिकको गुनासो छ । पूर्वाधार विकास कार्यालय मार्फत गरिने दर्जनबढी योजनामा पनि बजेटकै समस्या छ । रिजालचोकदेखि ताराखोला जाने सडक, मुलाबारीदेखि भातखाने डाँडा सडक, जैमिनीको राङखानीदेखि बरेङ लगायतका दर्जनबढी सडकमा बजेट दिन नसक्दा काम पुरा नभएको कार्यालयका प्राविधिकले बताए ।
जिल्ला समन्वय समितिका प्रमुख अमर थापाले श्रोत सुनिश्चितताकालागि सबै जनप्रतिनिधिले सामुहिक पहल गर्नुपर्ने सुझाएका छन् । ‘काम अलपत्र पर्दा बाढीपहिरोको प्रकोप बढी भयो, अब काम थोरै गरेपनि सक्ने गरी गरौं’ थापाले भने, ‘ठेकेदारले कर्मचारी देखाउने, कर्मचारीले ठेकेदार देखाउने प्रवृत्ति पनि अन्त्य गरौं ।’ ठेकेदारले काम नगरेको देखाएर कर्मचारी उम्कने बानी त्याग्नुपर्ने उनले सुझाए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->