बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

पोखराको शान्तिस्तुपा नजिकै बस दुर्घटना, २ जना घाईते

पोखराको शान्तिस्तुपा नजिकै बस दुर्घटना, २ जना घाईते


  • ढोरपाटन संवाददाता
  • कार्तिक २२ २०८१, बिहिबार

पोखरार पोखरा महानगरपालिका– २२ शान्तिस्तुपा नजिकै बस दुर्घटना हुँदा २ जना घाइते भएका छन । आज मध्यान्ह पुम्दीकोटबाट छोरेपाटनतर्फ आउँदै गरेको नवयुग डान्स क्लव दाङबाट भ्रमणको लागि आएको रा १ ख २१०६ नम्बरको मिनी बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ । चालकले नियन्त्रण गुमाएपछि बस सडक छेउको तिदुको रुखमा अड्किएको थियो ।

प्रहरीले बसमा सवार महिला ७ जना र पुरुष १७ जना मध्ये २ जना घाईते भई उपचारको लागि नमस्ते अस्पताल बिरौटा पठाएको थियो । अन्य यात्रु भने सकुशल छन । घाइतेमा दाङको तुल्सीपुर उपमहानगरपालिका– ४ बस्ने वर्षर्ष १७ की सन्ध्या रसाईली र १९ वर्षकी मनिषा रसाईली रहेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->