
पोखरा/ पोखराको सूर्यदर्शन बचत पीडित संघर्ष समितिले राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताले सहकारी पीडितमथि सडक देखि सामाजिक संजालसम्म विभिन्न झुटा कुरा र लान्छना लगाई सहकारी पीडितको चरित्र हत्या गर्न खोजेको आरोप लगाएको छ ।
समितिले आज विज्ञप्ती निकाल्दै न्यायलयलाई प्रभाव पार्न खोजिएको भन्दै प्रहरी प्रशासन, मुख्यमन्त्री, संघर्ष समितिका अध्यक्ष र केही बचतकर्ता सहितका नाम समावेश गरी झुटा समाचार र लान्छना लगाइएको भन्दै समितिले आपत्ती जनाई भत्र्सनासमेत गरेको छ ।





