पोखरा/ पोखरा महानगरपालिका वडा नं. १७ स्थित स्वाबलम्बी बचत तथा ऋण सहकारी संस्थाको १९ औं बार्षिक साधारण सभा बिहीवार सम्पन्न भएको छ।
साधारण सभाको जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले उद्घाटन गर्दै सहकारी भनेको सहकार्यमा समृद्धिको खोजी भएकाले जनताको समृद्धि सहित उन्नत राष्ट्र निर्माणमा केन्द्रित हुनुपर्ने उल्लेख गरे । पौडेलले केही बेइमानीहरूका कारण क्षतबिक्षत सहकारीहरूको गतिविधिबाट पाठ सिकेर सुन्दर भबिष्य निर्माणको बाटोमा अघि बढ्न आग्रह गरे । सहकारीहरू सहकारीका सात सिद्धान्तको जगमा इमान्दार र प्रतिबद्ध भए सबै सहकारी सफल हुने उनको भनाई थियो । पौडेलले निक्षेप संकलनसंगै संकलित पुजीको प्रभाबकारी परिचालनमा ध्यान दिन आग्रह गरे ।
कार्यक्रममा संस्थाका पूर्ब अध्यक्ष डाक्टर रामजी प्रसाद पोख्रेल, साना किसान सहकारी संस्थाका अध्यक्ष मुक्तिनाथ पोख्रेल, नमुना सहकारीका अध्यक्ष भोजराज पौडेल, लेखापरीक्षक रुद्रनाथ पौडेल, शेयर सदस्य मिनादेबि अधिकारी, इश्वरीप्रसाद पोख्रेल सहितले मन्तव्य राखेका थिए । सभाले अध्यक्ष भुपराज पोख्रेलले प्रस्तुत गगरेको आर्थिक बर्ष २०८० (८१ बार्षिक प्रतिबेदन र कोषाध्यक्ष ओमप्रकाश लामिछानेले प्रस्तुत गरेको आर्थिक प्रतिबेदन पारित गरेको छ।
साधारण सभाले आगामी कार्यकालको लागि यादवप्रसाद पोख्रेलको अध्यक्षतामा ९ सदस्यीय नयाँ संचालक समिति निर्बाचित समेत गरेको छ । समितिको उपाध्यक्षमा ठाकुरप्रसाद पोख्रेल, सचीव लक्ष्मण पोख्रेल, कोषाध्यक्ष उपेन्द्र पोख्रेल र सदस्यहरूमा मीना अधिकारी जिम्बाल, मायाकुमारी सुवेदी लामिछाने ,भगवान पोख्रेल, दुर्गाप्रसाद अधिकारी, खिमलाल गौतम निर्बाचित भएका छन । त्यसैगरि लेखा समिती संयोजकमा लिलाप्रसाद पराजुली, सदस्यमा दुर्गाकुमारी अधिकारी र सृजना अधिकारी निर्बाचित भएका छन ।
कार्यक्रममा सहकारीका जेष्ठ सदस्यहरू लोकमाया पोख्रेल, तोयनाथ अधिकारी र एसईई परिक्षामा उत्कृष्ट नतिजा प्राप्त गर्ने सेयर सदस्यका छोराछोरी अनुश्का देवी लामिछाने , दस जोड दुइमा उत्कृष्ट नतिजा हासिल गर्ने अन्जन पराजुली, गोपी अधिकारी तथा उत्कृष्ट कारोबार गर्ने कुलप्रसाद पौडेल, उत्कृष्ट सेयर सदस्य शिक्षा पगेनी अधिकारीलाई सम्मान समेत गरिएको थियो। संस्थाका अध्यक्ष भुपराज पोख्रेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत संचालक समिति सदस्य माया कुँवर लामिछाने र सहकारीका सिद्धान्त पाठ संचालक समिति सदस्य इन्दिरा लामिछाने र संचालन सचिब रुद्रलाल सुवेदीले गरेका थिए ।





