बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

राष्ट्रपतिले छालाको जुत्ता लगाएरै दिए अर्घ, सर्वत्र भयो आलोचना

राष्ट्रपतिले छालाको जुत्ता लगाएरै दिए अर्घ, सर्वत्र भयो आलोचना


  • ढोरपाटन संवाददाता
  • कार्तिक २२ २०८१, बिहिबार
तस्वीर : राष्ट्रपति पाैडेलको सचिवालय

काठमाडौं / राष्ट्रपति रामचन्द्र पौडेल छालाको जुत्ता लगाएरै छठ पूजामा सहभागी भएपछि उनको आलोचना भइरहेको छ । काठमाडाैंको गाैरीघाटस्थित छठ पूजास्थलमा बिहीबार दिउँसाे राष्ट्रपति पाैडेल श्रीमती सविता पाैडेलका साथ सहभागी भएका थिए ।

त्यहाँ उनले अस्ताउँदो सूर्यलाई अर्घ दिने क्रममा छालाको जुत्ता खाेलेका थिएनन् । हिन्दु परम्परामा जुत्ता लगाएर पूजा गर्न पाइँदैन । पूजास्थलमा छालाको जुत्ता झनै अपवित्र मानिन्छ । तर, राष्ट्रपति पाैडेलले भने छालाको जुत्ता लगाएरै पूआअर्जना गरेपछि सामाजिक सञ्जालमा उनको आलाेचना भइरहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->