बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

बस र इलेक्ट्रिक हायस आपसमा ठोक्किँदा चार जनाको मृत्यु

बस र इलेक्ट्रिक हायस आपसमा ठोक्किँदा चार जनाको मृत्यु


  • ढोरपाटन संवाददाता
  • कार्तिक २३ २०८१, शुक्रबार

काठमाडौं/ चितवनको भरतपुर महनगरपालिका-२९ सत्रकिलोमा बस र इलेक्ट्रिक हायस आपसमा ठोक्किँदा चार जनाको मृत्यु भएको छ । मुग्लिङबाट  नारायणगढ तर्फ आउँदै गरेको बा.प्र. ०६-००१ ज. ०२९८ नम्बरको   इलेक्ट्रिक  हायस र नारायणगढबाट मुग्लिङ तर्फ जाँदै गरेको बा. प्र. ०३-००१ ख. २८१२ नम्बरको  बस एक आपसमा ठक्कर खादा चार जनाको मृत्यु भएको हो ।
हायसमा सवार गोर्खा आरुघाट-१ मान्बु बस्ने वर्ष ४० का राज बहादुर गुरुङ, नामथर वतन नखुलेकी अन्दाजी  ४० वर्षकी एक महिला,  अन्दाजी ३०–३५ वर्षका दुई पुरुषको मृत्यु भएको हो । सो दुर्घटनामा अन्य चार जना घाइते भएकोमा दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->