मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

निर्माण थालेको १६ वर्षमा सालझण्डी ढोरपाटन सडकमा ३० प्रतिशत मात्रै प्रगती !

निर्माण थालेको १६ वर्षमा सालझण्डी ढोरपाटन सडकमा ३० प्रतिशत मात्रै प्रगती !


  • ढोरपाटन संवाददाता
  • कार्तिक २३ २०८१, शुक्रबार

बागलुङ/निर्माण थालेको १६ बर्ष पुग्दापनि सालझण्डी ढोरपाटन सडकको बागलुङ खण्डमा ३० प्रतिशत मात्रै प्रगती भएको छ ।
ठेकेदारले काम नगरेकोमा अलपत्र परेको आयोजनाले आरोप लगाउने गरेको छ । उता आयोजनाले पनि एकादुइ स्थानमा मात्र ठेक्का लगाएर अन्य स्थान अलपत्रै छाडेको छ । सडक अलपत्र पर्दा सिजनमा ढोरपाटन हिडेका पर्यटकले सास्ती खेप्दै आएका छन् ।
अझैपनि बागलुङ भित्रको ६१ किमी मध्ये अधिकांस ट्रयाक मात्रै खुलेको छ । त्यो पनि यस अघि नै ग्रामीण सडकको रुपमा खुलेको खण्डमा त कुनै परिवर्तन नै भएको छैन । जिल्ला भित्रको ६१ किमी सडक मध्ये बुर्तिवाङ देखि ढोरपाटन पुग्ने सडक भित्रको पनि २२ किमी खण्डको ठेक्का अलपत्र छ । बुर्तिवाङ फल्लेघर ग्राभेल गर्न ठेक्का लिएको स्वच्छन्द, ओमबुद्द संयुक्त निर्माण कंपनीले तोकिएको समयमा ३० प्रतिशत मात्रै काम गरेर अलपत्र पारेको हो । तोकिएको समय सकेर थपिएको समयमा पनि कुनै प्रगती नभएको सालभण्डडी ढोरपाटन सडक आयोजनाका प्रमुख गागलबहादुर भण्डारीले बताए ।
त्यस बाहेकको खण्डमा त झनै काम भएको छैन । खुलेको ट्रयाम समेत समयमा मर्मत नहुँदा बर्षातमा खसेका पहिरो त्यतिकै छ । निसीखोला तर्फको खण्डमा सडकको कामै नहुँदा गाउँपालिकाका जनप्रतिनिधि समेत आक्रोसित छन् । ‘न आयोजनाले काम गर्छ, न हामीले लगानी गर्न पाउँछौं, जनताले हामीलाई सोधेको प्रश्नको उत्तर पनि दिन सकेका छैनौं’ गाउँपालिकाका उपाध्यक्ष प्रेमबहादुर घर्तीले भने, ‘सोह्रबर्षदेखि काम नभएपछि जनताले पनि आयोजनाको काम छैन भन्न थालेका छन् ।’ दोहोरो पर्ने डरले पालिकाले लगानी नगरेको उनले बताए ।
२०६५ सालमा ट्रयाक खुलाउने काम भएपनि त्यस यता अधिकांस खण्ड अलपत्र छ । फलेघर तर्फको भने २०७८ को कात्तिकमा ठेक्का लागेको थियो । २०८१ को बैसाख ४ गते पुरा गर्ने लक्ष्यमा पटक पटक म्याद थपेर पनि ३० प्रतिशत मात्रै काम भएको हो । त्यो पनि संरक्षण नभएर सबै भत्केको छ । चिप्लो र खाल्डैखाल्डा भएकोले यात्रीले जोखिम मोलेर यात्रा गरिरहेका छन् । २५ करोड ६१ लाख रुपैयाँमा ठेक्का लिएकोमा अहिले सम्म बित्तिय प्रगती पनि ३० प्रतिशत माथी जान नसकेको हो । ठेकेदारले आगामी पुस मसान्तकालागि थप गरेको समयमा पनि प्रगती शुन्य भएपछि उक्त ठेक्का तोड्नुपर्ने अबस्था आएको भण्डारीले बताए ।
आगामी असार मसान्त भित्र सक्ने भरपर्दो आधार नपाएमा ठेक्का रद्द गरेर नयाँ प्रकृयामा जानैपर्ने अबस्था रहेको उनले बताए । जिल्ला समन्वय समितिका प्रमुख अमरबहादुर थापाले सडक अलपत्र पर्दा पर्यटक फर्केको र जिल्लाको राजश्व संकलनमा समेत असर परेको उनले बताए । सडक अप्ठ्यारो भएकै कारण ढोरपाटनका गर्भवती, सुत्केरीहरुले समयमा उपचार पाउन नसकेको, नेपाली सेना र आरक्ष कार्यालयको रासन ढुवानीमा समेत असर परेको छ ।
यो सडक अलपत्र परेपछि आयोजनाले समयमा काम गर्न ताकेता गर्दै अहिले सम्म ठेकेदार कंपनीलाई १० पटक पत्राचार गरेको छ । २ पटक बैठक बसेर बोलाइएको थियो । आयोजनाको पत्राचारको समेत बेवास्ता गरेपछि ठेकेदार कंपनीको ३ करोड ५६ लाख रुपैयाँ बैंक जमानत पनि रोक्का गरिएको छ । लुम्बिनीमा आएका पर्यटकलाई ढोरपापटन सम्म लैजान सहज हुने उद्देश्यले यो सडक निर्माण थालिएको थियो । कुल १ सय ९७ किमी लामो सडकको अहिले सम्म अर्घाखाँचीको १८ किमी मात्रै कालोपत्रे भएको छ । सडक मर्मत नभएकै कारण ढुवानी समस्याले ढोरपाटनका किसानले फलाएको आलु समेत समयमा बजार पठाउन सकेका छैनन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->